नायिका करिना कपुर अहिले चर्चामा छिन्, जसको मुख्य कारण उनी गर्भवती हुनु हो । करिना गर्भवती भएदेखि नै मिडियामा उनको समाचारले उच्च स्थान पाइरहेको छ । कहिले फोटोसुट त कहिले सार्वजनिक कार्यक्रममा उपस्थिती, करिनाका लागि चर्चाको मुख्य बिषय यही नै बनेको छ ।
हालै मात्र करिनाले पति सैफअली खानको एक चाहना सार्वजनिक गरेकी छिन् । करिनाका अनुसार सैफ उनलाई सधै नै गर्भवती देख्न चाहन्छ । उनले भनिन्-‘सैफ मलाई गर्भवती हुँदा निकै राम्री भएको बताउँछन् । यसैले आफूलाई सधै नै गर्भवती अवस्थामा नै देख्न चाहने इच्छा उनले राखेका छन् ।’
करिनालाई मिडियाले सैफ सन्तानको नाम के राख्न चाहन्छन् भन्ने प्रश्न सोधेका थिए । जसमा करिनाले भनिन्-‘सैफको ‘सैफिना’ नाम निकै फन्नी लाग्छ । यसैले उनी बच्चाको नाम सैफिना राख्न चाहन्छन् ।’
करिना डिसेम्बरमा आमा बन्दैछिन् । तर, सार्वजनिक कार्यक्रममा उनको उपस्थितीले उनलाई मिडियाको बजमा राखिदिएको छ ।
प्रतिक्रिया 4