+
+

देउवाले भने- महाअभियोगमा जनमतअनुसार निर्णय आउँछ (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ७ गते १४:३०

sherbahadur

७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमान सिंहविरुद्ध दर्ता भएको महाअभियोगबारे राजनीतिक रुपमा कुनै छलफल नभएको दाबी गरेका छन् ।

संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पास गर्न दबाव अभियान थालेको संयुक्त विद्यार्थी आन्दोलनले आइतबार विहान कांग्रेस सभापति देउवालाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझ्दै देउवाले महाअभियोगबारे राजनीतिक रुपमा कुनै छलफल नभएको दाबी गरे । प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा पनि यसबारे कुराकानी नभएको उनले बताए ।

महाअभियोगबारे पार्टी केन्द्रीय समितिमा छलफल भइरहेको र छिट्टै निर्णय आउने उनले बताए । महाअभियोगबारे धेरै बोल्न नचाहेका देउवाले कांग्रेसले जनमत कदर गर्ने बताएका छन् । नेविसंघ उपाध्यक्ष डिल्लीराम सुवेदीका अनुसार देउवाले जनमत बुझेर पार्टी केन्द्रीय समिति र संसदीय दलबाट संस्थागत निर्णय गर्ने बताएका छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?