+
+

लोकमानसिंह कार्की श्री ६ बन्न खोजेः रामहरि खतिवडा

'प्रचण्ड र झलनाथले संसदलाई जवाफ दिनुपर्छ'

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ९ गते १७:१३

९ कात्तिक, काठमाडौ । कांग्रेस सभासद रामहरी खतिवडाले अख्तियार प्रमुखको पदमा बसेर लोकमानसिंह कार्की श्री ६ बन्न खोजेको आरोप लगाएका छन् ।

ramhari-khatiwadaसंसदमा जारी छलफलमा बोल्दै खतिवडाले नेपाली कांग्रेस कार्कीविरुद्धको महाअभियोग प्रस्तावको पक्षमा उभिने र लोकमानलाई हटानइने दाबी गरे ।

खतिवडाले अख्तियारमा कार्कीको नियुक्ति रहस्यमय ढंगले भएको भन्दै त्यतिबेला उनको नाम सिफारिस गर्ने शीर्ष नेताहरुले अहिले संसदलाई जवाफ दिनुपर्ने समेत बताए ।

खतिवडाले भने, ‘नियुक्तिको सिफारिस गर्नेमध्ये हाम्रो पार्टीका अध्यक्ष सुशील कोइराला अहिले हुनुहुन्न । अन्य दुई नेता प्रचण्ड र झलनाथ खनालले अहिले सदनमा आएर जवाफ दिनुपर्छ, लोकमानको नियुक्ति किन गरिएको थियो ?’

सांसद खतिवडाले नेपाली कांग्रेसको साथ बिना महाअभियोग पारित हुन नसक्ने उल्लेख गर्दै कांग्रेसलाई वाइपास गरेर छापामार शैलीमा प्रस्ताव ल्याइएको गुनासो गरे । यद्यपि कांग्रेेसले खुट्टा कमाएर होइन बलियो खुट्टा टेकेर प्रस्ताव पारित गर्ने उनको भनाइ थियो ।

मुलुकमा भस्मासुर प्रवृत्ति हावी भएको भन्दै खतिवडाले भस्मासुरलाई छिटोभन्दा छिटो मुक्ति दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?