+
+

विद्युत प्राधिकरण र माथिल्लो नौगाढबीच विद्युत खरिद-बिक्री सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १८ गते ११:५५

ppa-nalsinggadh
१८ कात्तिक, काठमाडौं । माथिल्लो नौगाढ जलविद्युत आयोजनाको प्रवद्धक कम्पनी अपि हाइड्रोपावर र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।

कम्पनीले १७ महिनाभित्र दार्चुलाबाट ८ मेगावाट विद्युत उत्पादन गर्ने जनाएको छ । अपि पावरले यसअघि नै सोही खोलाबाट ८.५ मेगावाटको विद्युत आयोजना सम्पन्न गरिसकेको छ ।

कम्पनीबाट उत्पादन भएको बिजुली विद्युत प्राधिकरणको सब-स्टेशनसम्म ल्याउन १३२ केभी क्षमताको ७ किलोमिटर प्रसारणलाइनको आवश्यकता पर्नेछ । सो प्रसारणलाइन पनि कम्पनी आफैंले निर्माण गर्ने प्रस्ताब गरेको छ ।

कम्पनीले सोलारबाट विजुली निकाल्ने अनुमति पनि पाइसकेको छ । विभिन्न आयोजनाहरुमा लगानी विस्तार गरिएकाले सेयरधनीको प्रतिफल प्रत्येक वर्ष बढ्दै जाने अपि पावरका कार्यकारी निर्देशक सञ्जिब न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?