एक सामान्य परिवारको यूवा, जो कुनै यूवतीको प्रेममा पर्छ र उसकै पछि लाग्छ । टोल-टोलमा यस्ता धेरै यूवा छन्, जो कुनै यूवतीलाई मनदेखि प्रेम गर्छन् ।
यस्तै, एक साधारण यूवाको प्रेम कथामा तयार भएको चलचित्र ‘लभ लभ लभ’ आउँदो बर्षको पहिलो दिनबाट रिलिज हुँदैछ । वैशाख १ गतेबाट रिलिज हुने यो चलचित्रको प्रचार साम्रागी भने ६ महिना अगाडिबाट सार्वजनिक भैरहेका छन् ।
सफल चलचित्र दर्शकमाँझ दिन माहिर मानिएका निर्देशक दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रको टिजर रिलिज गरिएको छ । स्वस्तिमा खड्का र सुरज पाण्डेको प्रेम कथामा यो चलचित्र निर्माण भएको छ । टिजरले चलचित्र भित्र सुरजले निर्वाहा गरेको भूमिकालाई दर्शाएको निर्देशक खनालको भनाई छ ।
शर्मिला पाण्डेको निर्माणमा तयार भएको चलचित्रको टिजरमा एक यूवाले व्यक्त गरेको प्रेम आशक्तीलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । निर्देशक खनाल भन्छन्-‘यो एक साधारण यूवाले गर्ने प्रेमको कथामा आधारित छ । चोखो प्रेम गर्नेहरु समाजका हरेक ठाउँमा हुन्छन् ।’ प्रेम गर्नेहरुले सुरजको भूमिकामा आफूलाई देख्ने दीपेन्द्रको दाबी छ ।
प्रतिक्रिया 4