+
+

पोल्याण्डमा रहेका करिब एक हजार नेपालीहरू के गर्दैछन् ?

डा. बोधराज सुवेदी भन्छन्- नेपालले पोल्याण्डको प्रगतिबाट सिक्न सक्छ

बसन्त रानाभाट बसन्त रानाभाट
२०७३ मंसिर १३ गते ९:४७

poland

बार्सिलोना  ।  करिव तीन दशकअघि युरोप छिरेका डा. बोधराज सुवेदी सबैमा ईच्छाशक्ति भयो भने मुलुकमा ठुलै परिवर्तन हुने बताउँछन्। भिमाद -१ तनहुँ घर भई हाल पोल्याण्डको माझोमिस्कि रिजनल क्यान्सर सेन्टरमा अनकोर्स सर्जनका रुपमा कार्यरत डाक्टर सुवेदीले परिवर्तनका लागि सबैमा ईच्छाशक्ति हुनुपर्ने बताए ।

तीन दशकदेखि पोल्याण्डको विकासे फड्कोलाई राम्रोसँग नियालेका डा.सुवेदी भन्छन्,” एकजना परिवर्तन भएर मात्र केही हुँदैन, देशमा आमुल परिवर्तन ल्याउने हो भने सबैमा ईच्छाशक्ति र परिवर्तनको भाव हुनुपर्छ।”

ल्याण्ड छिर्दै गर्दा त्यहाँको राष्ट्रिय पत्रिकामा लेखिएको आर्टिकलबारे सुवेदी सम्झन्छन्,” सन् १९९० ताका लेखिएको थियो, अबको ५० बर्ष पछि पोल्याण्ड नेटोको सदस्य बन्न सक्ला, तर लगत्तै त्यसको केहीपछि नै सन् १९९९ मा नेटोको सदस्य र २००४ मा युरोपियन युनियनको सदस्य बन्यो। अर्थात् अपेक्षा भन्दा नै पहिले उदेश्य पूरा भयो । त्यसको प्रमुख कारण सरकार र जनता सबैमा आएको परिवर्तन र ईच्छाशक्तिकै कारण हो।”

पोल्याण्डमा कति छन् नेपाली ? के गर्छन् ?

पेशाले मेडिकल डाक्टर भए पनि गैरआवासीय नेपाली संघ पोल्याण्डका संस्थापक अध्यक्षसमेत रहेका सुबेदी करिव १ हजारको संख्यामा नेपालीहरु रहेको बताउँछन्। ३ दशक पहिलेको अवस्थालाई सम्झँदै भन्छन्,” म पोल्याण्ड पुग्दा निकै थोरै संख्यामा मात्र नेपालीहरु थियौं तर अहिले आउने–जाने क्रम चलिरहेको छ । त्यसैले यकिन संख्या नै भने गाह्रो छ । तर, बढीमा १ हजारको संख्यामा नेपालीहरू छौं भन्ने लाग्छ।”

विद्यार्थीका रुपमा अध्ययनका लागि पोल्याण्ड आउने भए पनि पछिल्लो क्रम नेपालीहरु पोल्याण्ड छाडेर अर्कै युरोपियन मुलुकलाई गन्तब्य बनाउने गरेको पनि डा. सुवेदी बताउँछन्।

पोल्याण्डमा रहेका ईन्डियन तथा नेपालीहरूले रेष्टुरेन्टहरुमा ९० प्रतिशत जति त नेपालीहरु कुकका रुपमा काम गर्ने गरेको उनी सुनाउँछन्। डा. सुवेदीका अनुसार वर्क परमिट भिसामा पोल्याण्डका मिट फ्याक्ट्रीहरुमा समेत नेपालीहरु कामका लागि आउने गरेका छन्।

dr-bodhraj-subedi
डा. बोधराज सुवेदी

मुलुकमा उन्नति हुन कसैले रोक्दैन

डा. सुवेदीका अनुसार पोल्याण्डले एउटा खुल्ला अर्थतन्त्रको नीति ल्यायो जसले गर्दा आर्थिक फड्को मार्न सफल भयो। “ पहिले- पहिले पैसा भएका पोलिस जनताले पनि केही गर्न सकेका थिएनन्, तर पछि मुलुकमा नै लगानी गरे। राम्रा राम्रा प्रोडक्सनहरु रसियाका जान्थे । तर, खुल्ला अर्थतन्त्रको नीतिले ठूला- ठुला कम्पनीहरु देशभित्र सञ्चालन हुने वातावरण बन्यो,’ उनी भन्छन्, ‘मुलुकमा लगानी गर्ने बाताबरण सरकारले ल्याउँन सक्यो भने बाहिर मुख ताक्नै पर्दैन जनता आँफै तयार हुन्छन्।’

उत्तरमा चीन र दक्षिणमा अवसस्थित भारतको बीचमा रहेको नेपाललाई दुई ढुंगाबीचको तरुल भन्दै आइएको छ। तर, पोल्याण्डको प्रगतिलाई आफ्नै आँखाले देखेका डा. सुबेदी भन्छन्,” सरकार र जनताबीच सुमधुर सम्बन्ध भएमा बाहिरी शक्तिले छुन पनि सक्दैन,रसिया र जर्मनी जस्ता ठुला बिकसित देशका वीचबाट पनि पोल्याण्डले प्रगती गरेर नै देखायो।”

युरोपेली संघका लागि पोल्याण्ड खाद्यान्नको एक प्रमुख स्रोत मानिन्छ। कृषि क्षेत्रमा निजी फारमहरुको ठूलो संख्या पाईन्छ। माछा, चकलेट, र दुग्ध उत्पादन, मासु र विशेष प्रकारका ब्रेडहरु उत्पादन हुन्छन्।

कम्युनिस्ट सरकारको पतन भएपछि पोल्याण्डको बलियो घरेलु बजार, मशीनरी, फर्निचर, खाद्य उत्पादनहरु, कस्मेटिक्स उत्पादनसँगै अर्थतन्त्रमा ठुलो फड्को मारेको छ।

सेन्जेन क्षेत्र र ईयू एकल बजारको एक सदस्य रहेको पोल्याण्डको सबैभन्दा ठूलो व्यापार साझेदार जर्मनी रहेको भन्दै डा. सुबेदी भने, “ठूला विकसित देशको बीचमा भए पनि, बिकास गर्न कसैले रोक्दैन । यसमा नेपालले पनि पोल्याण्डबाट पाठ सिक्न सक्छ ।”

पोल्याण्ड र नेपालबीचको स्वास्थ्य क्षेत्रको तुलना

पोल्याण्डको माझोमिस्कि रिजनल क्यान्सर सेन्टरमा अनकोर्स सर्जनका रुपमा कार्यरत डाक्टर सुबेदीले हेल्थ ईन्सुरेन्स अनिबार्य हुन सके मात्र प्रत्येक ब्यक्तिले राम्रो उपाचार पाउँने बताउँछन्। सुवेदी भन्छन्,”सरकारी वा प्राईभेट जुनसुकै क्षेत्रमा काम गर्ने ब्यक्तिले तिरेको करबाट, हेल्थ ईन्सुरेन्सका लागि पैसा जान्छ । त्यसैले त सरकारले प्रत्येक ब्यक्तिलाई निशुल्क उपाचार गरेको छ। बेसिक केयर देखि ठुला ठुला अप्रेशनहरु हुन् वा बिभिन्न टेष्टहरुमा निशुल्क छ।”

सुवेदीको भनाइ छ, नेपालमा हामीले कर नै तिर्दैनौं, पहिले त कति नेपालीहरुले कर तिर्छौं ? सरकारले निशुल्क रुपमा उपचार गर्ने स्रोत त हुनुपर्यो, युरोप होस् वा अमेरिका संसारका जुन सुकै बिकसित देशहरु जनताको करबाट नै चलेका छन्। एउटा राम्रो संयन्त्र बनाएर प्रत्येक नेपालीलाई करको दायरामा ल्याउँन सकियो,भने सरकारले सबै सुबिधा जनतालाई दिन सक्षम हुन्छ।

सोचाइमा पनि परिवर्तन आउनुपर्छ

नेपालको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउनका लागि सर्बसाधारणको सोचाइमा समेत परिवर्तन आउनुपर्ने डा.सुबेदी बताउँछन्। उनले भने,’महंगो शुल्क तिरेर उपचार गर्यो भने मात्र सुरक्षित हुन्छ भन्ने मानसिकता नेपाली जनमानसमा छ।’

उनका अनुसार पैसा तिरेन भने त डाक्टरले अप्रेशन पनि राम्रो गर्दैन भन्ने सोचाई पनि छ। अझ देशका नेताहरु सामान्य उपचारका लागि पनि विदेश धाईदिदा झन् नेपालको स्वास्थ्य क्षेत्र बिश्वसनीय र भरपर्दो छैन भन्ने सन्देश गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?