+
+

‘जात्रा’ हेर्न पुगे बाबुराम भट्टराई, जान्नुहोस् फिल्मबारे कसले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १७ गते १२:०७

baburam-saw-jatra
कात्तिक २८ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रा’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यो चलचित्र हेर्न चलचित्र र राजनीतिक क्षेत्रका विभिन्न मानिसहरु पनि हलमा पुगेका छन् । हलमा पुगेर उनीहरुले सकारात्मक प्रतिक्रिया पनि दिएका छन् ।

बिहिबार बेलुका चलचित्र हेर्न पुगेका नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइले भने-‘जात्रा नेपाली समाज र राज्यको जीवन्त र रोचक चित्रण गर्ने एक उत्कृष्ट नेपाली चलचित्र । दर्शकको अवचेतना र चेतना दुबैलाई उद्देलित गर्न सक्ने सफल, व्यवसायिक र कलात्मक सिर्जना ।’ उनले चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बाँनिया, लेखक तथा निर्देशक प्रदिप भट्टराइलाई पनि बधाई दिएका छन् । अन्य विभिन्न क्षेत्रका मानिसहरुले पनि ‘जात्रा’लाई वधाई दिदै यस्तो प्रक्रिया दिएका छन्ः

जात्रालाई सलामः बिजय कुमार पाण्डे
श्रीमति र छोरीको साथ नेपाली चलचित्र जात्रा हेर्न गइयो । हल खचाखच थियो । तर, सिनेमा सुरु भएपछि फिल्म नछुटुन्जेलसम्मले ‘पिन ड्रप साईलेन्स’ का साथ हेरेँ, चकमन्न भएर । हो, बेलाबखत हलमा हाँसोको फोहरा छुट्थ्यो अनि कहिले चाँहि भावुकताले आँखा रसाउथे पनि ।

सौभाग्य जात्रा चलचित्रका निर्देशक/लेखक प्रदिप भट्टराईले पनि हामीलाई केहि बेर साथ दिए । खचाखच हलवाट बाहिर निस्कने बेला हर दर्शकको मुहार भन्दै थियो । अरे वाह । मनोरञ्जन, मेकिङ र अभिनयको यो मुकामसम्म नेपाली फिल्म ल्याएकोमा जात्रालाई सलाम ।

म जात्रा-२ को प्रतिक्षामा छुः राजेश हमाल

दर्शक र समिक्षक दुबैको नजरमा परेको जात्राले बक्स अफिसमा आफ्नो ब्यापारलाई तेस्रो सातासम्म आईपुग्दा पनि कायमै राखेको छ । आजबाट यो चलचित्र चौथो हप्तामा प्रवेश गरेको छ ।

मलाई सिनमाको कथाले अन्तिमसम्म बाँध्यो । निक्कै मज्जाले हाँसियो । दर्शकहरुले पनि निक्कै मनोरञ्जन लिएको पाँए । म जात्रा-२ को प्रतिक्षामा छु ।

कलाकारको खुब प्रसंसा गरियोः रबिन्द्र मिश्र
श्रीमतिसंगै जात्रा हेर्न जाँदा हल हाउसफुल थियो । हलमा दर्शक टन्नै हुनु भनेको नेपाली सिनेमाको लागि ठूलो संकेत हो । इमान्दारीपूर्वक भन्नु पर्दा पहिले पहिले नेपाली सिनेमा प्रवर्धन गर्नुपर्छ भन्ने भावले हेर्न जाँदा पनि अधिकांश अवस्थामा दिक्क मानेर फर्किनु पथ्र्यो ।

तर, आजभोली केहि निर्देशक कलाकारले नेपाली सिनेमाको स्वरुप बदलिदिएका छन् । जात्रा हेरेर असाध्यै रमाईलो भयो । धेरै हाँसियो र कलाकारको अभिनयको खुब प्रशंसा गरियो ।

पहिल्यै पिबास फेर्नु होलाः निश्चल बस्नेत
कृपया जात्रा हेर्नु अगाडी नै पिसाब फेनुहोला नत्र फिल्मले बिचमा उठ्न दिने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?