+
+

गजल: के मिलेन तालमेल दुखिरहन्छ

निर्मल पुरी 'भोगी' निर्मल पुरी 'भोगी'
२०७३ पुष १७ गते १७:०६

nirmal-puriसधैं मुटु अचेल दुखिरहन्छ
यो अब बाँचुन्जेल दुखिरहन्छ ।

आइथी मिर्मिरेको किरणसँगै,
सन्ध्यामा परी ओझेल दुखिरहन्छ ।

उठाई मेरो सोझोपनको फाइदा,
खेली ठूलै चलखेल दुखिरहन्छ ।

मुटु उपचारमै वर्षौंदेखि छु,
के मिलेन तालमेल दुखिरहन्छ ।

पिएरै घाउ मत्थरै पार्नेछु,
जान्छु अब होटेल दुखिरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?