+
+

कालो हरिण मुद्दामा सलमानले भने-‘मलाई प्रचारका लागि फसाइयो’

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १४ गते १५:२२

salman-khan
नायक सलमान खान १८ बर्ष पुरानो एक मुद्दामा अझै पनि घेरिएका छन् । १८ साल पुरानो कालो हरिण शिकारको मुद्दामा जवाफ दिन सलमान खानसहित नायक सैफअली खान, नीलम कोठारी, सोनाली बेन्द्रे र तब्बु जोधपुर अदालत पुगेका छन् । उनीहरुलाई २८ जना व्यक्तिको बयान सुनाइएको थियो ।

सोहि, समयमा सलमानलाई अदालतमा ६५ वटा प्रश्न सोधिएको थियो । सलमानले जवाफमा भनेका छन्-‘म निर्दोष छु । मलाई प्रचारका लागि फसाइएको हो । कालो हरिणको निधन नेचुरल थियो । सो समयमा म होटलमै थिएँ ।’

अदालतमा सैफअली खानले पनि घटनाको समयमा आफू होटलमा रहेको बताएका छन् । यो मामलामा अर्को सुनुवाई फेव्रुअरी १५ मा हुनेछ । आरोपमा भनिएको छ कि, सन् १९९८ अक्टुबर १ को दिन सलमानले कालो हरिणको शिकार गरेका थिएँ ।

जोधपुरमा चलचित्र ‘हम साथा साथ हे’को छायांकनको समयमा सलमान र उनका साथीहरुले कालो हरिण मारेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?