+
+

कनकाई नगरको बजेट साढे १७ करोड

गौरव पोखरेल गौरव पोखरेल
२०७३ माघ १६ गते २०:०२

१६ माघ, झापा । कनकाई नगरपालिकाले कुल १७ करोड ६७ लाख १० हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको छ ।

चौथो नगर परिषद्बाट पारित आर्थिक वर्ष ०७४/०७५ को बजेट तथा नीति कार्यक्रम कार्यकारी अधिकृत खगेन्द्र गिरीले सार्वजनिक गरे । उनले आर्थिक वर्ष ०७३/०७४ को कुल १७ करोड ६५ लाख ९८ हजार रुपैयाँ बराबरको संशोधित बजेट समेत प्रस्तुत गरे ।

प्रस्तावित बजेटा आन्तरिक स्रोतबाट २ करोड ५ लाख रहेको छ भने राजश्वमार्फत २० लाख, पुँजीगततर्फ ६ करोड १५ लाख ५० हजार र अनुदानबाट ३९ लाख ६० हजार रुपैयाँ लगायत रहेको छ ।

आर्थिक वर्ष ०७३/०७४ को संशोधिततर्फ आन्तरिक स्रोतबाट २ करोड ५ लाख रुपैयाँ, राजश्वबाट १६ लाख रुपैयाँ, पुँजीगत अनुदानबाट ६ करोड १० लाख रुपैयाँ लगायत रहेका छन् ।

कार्यक्रममा बोल्दै त्यस्तै अधिकृत गिरीले बन्दनिषेधित कनकाई नगरलाई संस्थागत विकास गर्दै लगिने बताए । उनले सडक विस्तार, सडक बत्ती लगायतमा प्राथमिकता दिइएको बताए ।

कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुको प्रमुख आतिथ्य रहेको थियो ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?