+
+

राष्ट्र चिनाउने अभियानमा छन् नयाँ पुस्ताः तुलसी घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २२ गते १०:१७

काठमाडौं । निर्देशक तुलसी घिमिरेले फेरि एक पटक नयाँ पुस्ताका भावना केन्दि्रत फिल्म बनाए ‘दर्पण छायाँ-२’ । फिल्म बनाउने योजना लगभग तीन वर्ष अघि नै बनाएका थिए बल्ल आज कम्पिलिट भयो । ‘केही प्राविधिक काम बाँकी छ । आजको दौडधुपपछि एउटा कम्पिलट फिल्म मेरो हातमा पर्छ’ निर्देशक घिमिरेले भने ।

अघिल्ला धेरै फिल्म पुरानै प्रविधिमा गरेका घिमिरेले यसपाली पुरै फिल्म नयाँ प्रविधिमा गरेँं । निर्देशक घिमिरेले हाँस्दै भने ‘नयाँ प्रविधि बुझन मलाई पनि समय लाग्यो त्यहि कारण प्राविधिक काममा केही दिन धेरै लाग्यो ।’

प्रविधी बुझ्न समय लागे पनि काम गर्दा भने निकै सजिलो भएको उनको बुझाई छ । आफुले पनि युवा अवस्था पार गरेर आएकाले उनीहरुको भावना बुझ्न समय नलागेको उनको बुझाई छ । तर, एउटा कुरामा भने अहिलेको पुस्ता विल्कुल फरक भएको पाए ।

घिमिरे भन्छन् ‘मैले तन्नेरी हुँदा जे अनुभव गरेको थिँए मेरो बाले पनि त्यस्तै अनुभव गर्नु भएको थियो तर, मेरा छोरा छोरी बिल्कुल फरक छन्’ ।

प्रेम प्रसंगमै पनि अहिलेको पुस्ता निकै फरक भएको पाए उनले । आफ्नो पालामा प्रेम गर्नेहरुले प्रेमपत्रको सहारा लिएको सम्झँदै घिमिरे भन्छन् ‘प्रेमपत्र पठाएपछि त्यसको जवाफको प्रतिक्षा केही दिन हुन्थ्यो तर, अहिलेको पुस्ताले त्यो धैर्य गर्न पर्दैन । तत्कालै निर्णय गर्छ ।’

अर्को पनि फरक अनुभुति छ उनीसँग । पुराना पुस्ताका तन्नेरीहरु आफु भन्दा ठूलाले हुन्न भने पछि मान्थे तर, अहिलेका पुस्ता किन हुन्न भन्दै कारण खोज्छ । घिमिरेको बुझाईमा त्यो कारण खोज्ने प्रवृति युवा पुस्ताको सिक्न लायक पाटो हो । किनकी कुनै पनि काम गर्नेले हुन्छ कि हुन्न भनेर कारण खोजेपछि परिणाम राम्रो निस्कने उनको बुझाई छ ।

संगीत, कला, साहित्यलगायतका क्षेत्रमा युवा पुस्ताको योगदान अतुलनिय भएको पाएका छन् उनले । जुनसुकै क्षेत्रमा पनि युवा पुस्ता देशलाई चिनाउने अभियानमा सक्रिय भएको अनुभव गरे घिमिरेले । उनी भन्छन् ‘यो अभियान उनीहरुको आफ्नै प्रयाशमा सम्भव भएको हो ।’

उनका चलचित्रमा आबद्ध सबै कलाकार २०/२२ उमेर समुहका छन् । ति उमेर पुस्ताका कलाकारसँग काम गर्दा धेरै कुरा सिक्ने अवसर समेत पाएको घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?