मुम्बई । बम्बे, खामोजी द म्युजिक, दिल से जस्ता फिल्ममा काम गरेर राम्रो प्रसंसा बटुलेकी मनिषा कोइराला हिन्दी सिनेमाकी जीवन्त अभिनयकी प्रतिमुर्ति मानिने नरगिसको भुमिका निर्वाह गर्दैछिन् ।
अभिनेता सञ्जय दत्तको जीवनमा आधारित ‘दत्त’ मा मनिषा दत्तकी आमा नरगिसको भुमिका निर्वाह गर्दैछिन् । नरगिसको मृत्यु क्यान्सरले भएको थियो । मनिषा पनि यही रोगवाट ग्रसित थिइन् । नरगिसको भुमिका निर्वाह गर्ने खबरले मनिषा निकै उत्साहित छिन् ।
‘नरगिस दत्तको भुमिका मेरो सपना थियो । यो मेरो लागि सम्मानको कुरा पनि हो । मैले आफ्नो काँधमा ठूलो जिम्मेवारी बोध भएको महशुस गरेकी छु ।’ मनिषाले भनिन् ।
यस फिल्मको सिंगो टिम ब्यबसायिक भएको भन्दै मनिषाले यो आफ्नो लागि महत्वपूर्ण अवसर भएको बताईन् ।
मनिषाले सञ्जयको हिरोइन भएर केही फिल्ममा काम गरेकी छिन् । महबुबा, खौफ, बागी, कारतुसलगायतका फिल्ममा मनिषा सञ्जयको हिरोइन बनेकी थिइन् । तर, यो फिल्ममा उनी सञ्जयको आमाको भुमिका निर्वाह गर्दैछिन् ।
‘सञ्जु बाबा मेरो बचपनको साथी हुन् । उनकी बहिनी पि्रया दत्तको निकै माया लाग्छ । किनकी उनी पनि म जस्तै क्यान्सरले ग्रष्त भएकी थिइन् ।
राजनैतिक जीबन, प्रेम विवाह र सम्बन्ध बिच्छेदका घटनालाई हेर्दा मनिषाको जीबन पनि फिल्मको कथा भन्दा खासै फरक छैन ।
के मनिषालाई पनि त आफ्नो बायोपिक सिनेमा हेर्ने रहर होला नि ? आफुलाई बायोपिक सिनेमा हेर्ने रहर लागेको भन्दै उनले भनिन् ‘अहिले हैन ३० वर्षपछि ।’ आफ्नो बायोपिक सिनेम बनेमा आफ्नो भुमिकामा कंगना रनौत या आलिया भट्टलाई देख्न चाहन्छिन् ।
आलियाको बारेमा टिप्पणी गर्दै मनिषा भन्छिन् ‘आलिया जति सुन्दरी छिन् न्यतिकै नेचुरल अभिनय गर्छिन् ।’ कंगनाले बेजोड अभिनय गर्न सक्ने भन्दै यी दुबै कलाकारले आफ्नो भुमिका निर्वाह गर्न सक्ने मनिषाको बुझाइ छ ।
प्रतिक्रिया 4