+
+

अलग आर्टले मनायो वार्षिकोत्सव

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३० गते १२:४१

ललितपुर । अलग आर्ट हबले विविध कार्यक्रम गरी पहिलो वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रममा आर्ट हबका करिब ५० जना विद्यार्थीले दुई दर्जनभन्दा बढी गीत प्रस्तुत गरे । प्राज्ञ तथा सङ्गीतकार शान्तिराम राईले आर्ट हबका सञ्चालकहरुले व्यावसायिकताभन्दा कलालाई प्राथमिकता दिएकाले राम्रो वातावरण रहेको बताए । यस्तै, आर्ट हबका अध्यक्ष मण्डल साम्पाङले आफ्नो संस्थाले सांगीतिक शिक्षामा मात्र सीमित नरहेर विद्यार्थीको समग्र व्यक्तित्व विकासमा जोड दिँदै आएको बताए ।

जेहेन्दार छात्रतर्फ कर्ण लामा, छात्रातर्फ मिङ्मा तामाङ र पहिलो विद्यार्थीको रुपमा अब्राहम समले प्रशंसापत्र पाएका थिए । कार्यक्रमका सहयोगीहरुलाई पनि कदरपत्र वितरण गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा विशेष अतिथि शान्तिराम राई, अतिथिहरु गायिका पार्वती राई र आभा मुकारुङ, गायक रेवत राई लगायतले पनि गीत प्रस्तुत गरेका थिए । गायक-गायिकाहरुलाई हार्मोनियममा मण्डल साम्पाङ, तबलामा यमकुमार समाल र गिटारमा अब्राहम समले साथ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?