Comments Add Comment

गर्मीमा लूबाट कसरी बच्ने ? अपनाउनु होस् यस्तो विधी 

चर्कदो गर्मीसँगै तराई क्षेत्रमा तातो हावा चल्न सुरु हुन्छ । एकातिर घामको राप, अर्कोतिर तातो हावा । यस्तो गर्मीमा ‘लू’ को समस्या हुन्छ । यो गर्मी मौसमको बिरामी हो । मौसमी समस्या भएकाले लू जसलाई पनि लाग्न सक्छ । खासगरी तराई क्षेत्रमा लूबाट बच्न सर्तकता अपनाउनु पर्छ । लूको कारण ज्यान जान पनि सक्छ ।

किन लाग्छ लू ?

गर्मीको कारण धेरै पसिना बग्छ । शरीरमा नुन र पानीको कमी हुन्छ । यसले शरीरको रगतमा तापमान बृद्धि गर्छ । शरीरमा पानीको मात्रा कमी हुनु लू लाग्ने एउटा कारण हो ।

के हुन्छ समस्या ?

जब शरीरमा पानी र नुनको मात्रा घट्छ, रगतको तापमान बढ्छ, टाउको भारी हुन्छ । नाडीको गति बढ्छ । रगतको गति पनि तिब्र हुन्छ । श्वासप्रश्वासको गति असामन्य हुँदै जान्छ । हात, खुट्टा र तालुमा जलन बढ्छ । आँखामा पनि जलन बढ्छ । यसले गर्दा अचानक बेहोस हुन्छ र मृत्यु हुन पुग्छ ।

कसरी जोगिने त ?

-पटक-पटक पानी पिउने, खाली पेट नबस्ने, बाहिर निस्कदा टाउको, कान र गर्दन ढाक्ने तौलिया ओड्ने, प्याजको रस खाने)

–     संभव भएसम्म मध्यन्हको चर्को गर्मीमा घर बाहिर निस्कनु हुँदैन । यदि घरबाहिर जान परे टाउको र गर्दनमा तौलियाले ढाक्नुपर्छ ।

–     पटक पटक पानी पिउनुपर्छ, ताकि शरीरमा पानीको अभाव नहोस् ।

–     गर्मीको समयमा सुपाच्य खानेकुरा खानुपर्छ । बाहिर गएको बेलामा खाली पेट हुनुहुन्न ।

–     नरम, मुलायम सूतीको कपडा लगाउनु पर्छ  ।

–     चिसो खानेकुराको सेवन गर्नुपर्छ । मौसमी फलको सेवन एकदमै लाभदायक हुन्छ ।

–     यतिबेला प्याजको सेवन पनि राम्रो हुन्छ ।

–     घरबाट बाहिर निस्कदा छाता ओड्नुपर्छ ।

–     घरबाहिरबाट आउनसाथ तुरुन्तै पानी पिउनु हुँदैन ।

लू लागेमा के गर्ने ?

–     यदि लू लागेमा तुरुन्तै चिकित्सकहाँ पुर्‍याउनु पर्छ । त्यसअघि केहि प्राथमिक उपचार गर्न सकिन्छ ।

–     बिरामीलाई खुला र चिसो हावामा आरम गर्न दिनुपर्छ ।

–     बिरामीको शरीरमा अधिक तापमान भए चिसो पानी वा बर्फले पट्टी गरिदिनुपर्छ ।

–     बिरामीलाई तुरुन्तै प्याजको रसमा मह मिसाएर दिनुपर्छ ।

–     बर्फ पानी पिउन दिनु हुँदैन । बरु, कागती पानी पिउन दिनुपर्छ ।

–     बिरामीको शरीरमा तीन चार पटक चिसो भिजाएको कपडा राखिदिनुपर्छ ।

घरेलु उपचार विधी के छ ?

–     धनियालाई पानीमा भिजाएर राख्ने । त्यसलाई राम्ररी पिसेर छान्ने । उक्त पानीलाई चिनीमा मिलाएर पिउनुपर्छ ।

–     खरबुजा, कांक्रा जस्ता पानीको मात्रा बढी भएको फलफूल, सब्जी सेवन गर्नुपर्छ ।

–     पानीमा ग्लोकोज मिसाएर पिउने गर्नुपर्छ ।

–     कागतीको सर्बत बनाएर पिउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment