+
+

५० प्रतिशत स्थानीय तह जित्ने एमालेको प्रक्षेपण

टीकाराम भट्टराईको सुझाव-संविधानलाई विश्वकै उत्कृष्ट भन्न छाड्दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ६ गते १८:५३

६ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा कम्तिमा ५० प्रतिशत स्थानीय तह जित्ने दाबी गरेको छ । त्यस लगत्तै हुने प्रदेश र केन्द्रीय संसदको निर्वाचनमा सुविधाजनक बहुमत ल्याउने प्रक्षेपण समेत एमालेले गरेको छ ।

स्थानीय तह चुनावमा पार्टीको घोषणापत्रबारे बौद्धिक समुदायसँग बुधबार आयोजित अन्तरक्रियामा एमाले नेताहरुले ७४४ मध्ये कम्तिमा ५० प्रतिशत जित्ने दाबी पेश गरे ।

एमाले महासचिव ईश्वर पोखरेलले एमालेले जित्ने देखेरै चुनाव हुन नदिन बिभिन्न शक्ति एकजुट हुन थालेको बताए । उनले चुनाव जित्ने शक्ति र एजेण्डा एमालेसँग मात्र रहेको दाबी गरे ।

उपमहासचिव घनश्याम भुसालले अहिले नेपालमा एमालेले जित्छ र जित्नुपर्छ भन्ने एउटा मत र एमालेले जित्नै हुँदैन र जित्न दिनु हुँदैन भँने अर्को मतको डिस्कोर्स चलिरहेको बताए ।

सचिव प्रदिप ज्ञवालीले ‘सुखी नेपाली, सम्बृृद्ध नेपाल’ भन्ने नारासहित एमालेले ५ मुख्य विषय घोषणापत्रमा समेट्न लागेको बताए । उनका अनुसार सम्बृद्धिका मुख्य पाँच आधारका रुपमा कृषिको आधुनिकीकरण, उर्जा विकास, मानव स्रोत परिचालन, रोड रेल्वेको पूर्वाधार निर्माण र पर्यटनको विकासलाई अघि सार्न लागिएको छ ।

२५ वर्षमा ५० हजार मेगावाट जलविद्युत उत्पादन गर्ने र अब १० वर्षभित्र सबै गाउँपालिका सहरमा र वडाहरुलाई अर्वान सहर बनाउने लक्ष्य राखिएको उनले बताए ।

कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले एमालेको लक्ष्य एमालेकै बिजयबाट सम्भव हुने बताए ।

कार्यक्रममा नेपाल बार एशोसियसनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराइले नेपाल संविधान प्रगतिशील रहेको भन्दै यसलाई विश्वकै उत्कृष्ट संविधान भनेर भाषण गर्ने काम बन्द गर्न एमाल नेताहरुलाई सुझाव दिए । इन्जिनियर सुमित्रा अमात्यले ५ वर्षमा प्रतिव्यक्ति आय ५ हजार बनाउने एमालेको लक्ष्य असम्भव सपना नरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?