+
+

छुल्ठिम र सन्नीको प्रेममा अटाइनन् रेखा

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १० गते ११:५७

के नायिका रेखा थापाको स्टारडम कमजोर बनेको हो ? या रेखा राजनीतिमा लागेपछि त्यसले चलचित्रलाई असर गर्छ भनेर ठानेर निर्मात्री तथा नायिका छुल्ठिम गुरुङले उनलाई चलचित्रको पोष्टरमा समावेश नगरेकी हुन् ?

टिजर, गीत, ट्रेलर रिलिज गरेपछि सार्वजनिक भएको चलचित्रको पोष्टरमा रेखालाई राखिएको छैन । अनिल योञ्जनले निर्देशन गरेको यो चलचित्र जेठ ५ गतेबाट रिलिज हुँदैछ । चलचित्रको पोष्टरमा छुल्ठिम र अनिलको प्रेम दर्शाइएको छ ।

तर, कुनै समय रेखाको टाउको मात्र राख्दा पनि चलचित्र चल्छ भनिन्थ्यो । तर, रेखाकी नजिककी साथी छुल्ठिमले भने ‘डायरी’मा उनको अनुहार राख्न आवश्यक ठानिन् । केहि दिन अगाडि आयोजित चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा पनि रेखा उपस्थित थिइनन् । रेखा अहिले राप्रपाको चुनावी अभियानमा सक्रिय छिन् । यो चलचित्रमा रेखा खलनायकको भूमिकामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?