Comments Add Comment

आर्थिक समाचार: सिमेन्टका कारण मेलम्चीमा ढिलाइ


२१ वैशाख, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्रालयले सिमेन्ट आपूर्तिमा समस्या भएको भन्दै मेलम्ची खानेपानी आयोजना समयमै पूर्ण नहुने अवस्था सिर्जना भएको जनाएको छ । भारतीय सिमेन्ट आयातमा उद्योग मन्त्रालयले कडाइ गरेको भन्दै त्यसले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित हुने देखिएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

आयल निगमले नै तेल ठगेको पुष्टिलाई पनि नयाँ पत्रिकाले लेखेको छ । सुध्रिएन स्मार्ट लाइसेन्स वितरणलाई पनि नयाँ पत्रिकाले लेखेको छ । एउटा चाइना पासको मूल्य ५० हजारलाई पनि नयाँ पत्रिकाले उल्लेख गरेको छ ।

घोषणापत्रको प्राथमिकतामा उर्जालाई पनि कारोबारले मुख्य समाचार बनाएको छ । २ खर्ब प्रतिवद्धता सवा २ लाख रोजगारीलाई पनि कारोबारले लेखेको छ । सेयर बजारमा कर्नरिङ बढ्योलाई कारोबारले लेखेको छ ।

राष्ट्रिय गौरवको आयोजना निर्माण सन्दर्भमा अन्नपूर्ण पोष्ट दैनिकले पाँचवटाको मात्रै ८० प्रतिशतभन्दा बढी कामलाई मुख्य समाचार बनाएको छ । एनसेलमाथी कर निर्धारण जेठभित्रैलाई पनि अन्नपूर्णले लेखेको छ ।

अर्ब क्लबमा नयाँ बैंक थपिएलाई नागरिकले लेखेको छ । विदेश मोहले महिला अलपत्रलाई नागरिकले लेखेको छ । त्यस्तै चुनावको मुखमा रेल गफलाइ अन्नपूर्णले लेखेको छ ।

लक्षित विकास खर्च ८० प्रतिशत पुर्याउन  निर्देशनलाई गोरखापत्र दैनिकले मुख्य समाचार बनाएको छ । बाँकेमा ३५ प्रतिशत मात्र विकास खर्चलाई पनि गोरखापत्रले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment