+
+

केपी ओली र उपेन्द्र यादव एउटै ‘मोर्चा’मा, महाअभियोग फिर्ता लिन ११ दलको माग

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २१ गते २०:१०

२१ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगविरुद्ध नेकपा एमालेसहित ११ दल एक ठाउँमा उभिएका छन् ।

महाअभियोग प्रस्तावविरुद्ध एमाले नेतृत्वको विपक्षी ८ दलीय मोर्चासँगै भर्खरै सरकारबाट बाहिरिएको राप्रपा, विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम एक ठाउँमा उभिएका हुन् ।

११ दलको बिहीबार बसेको बैठकले महाभियोग फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । ‘हामीले महाअभियोग फिर्ता लिन सरकारलाई आग्रह गरेका छौं’ परिवार दलका अध्यक्ष एकनाथ ढकालले भने ।

उपेन्द्र र गच्छदारले हस्ताक्षर गर्न मानेनन्

नेताहरुका अनुसार यो बैठक विपक्षी दलका नेता केपी ओलीले बोलाएका थिए । जसमा उपेन्द्र यादव आफैं सहभागी थिए ।

उनले महाअभियोग गलत भएको भन्दै फिर्ता हुनु पर्ने अडानमा आफूहरु पनि रहेको बताए । तर, संयुक्त विज्ञप्ति जारी गरौं भन्दा हस्ताक्षर गर्न नमानेको नेताहरुले बताएका छन् ।

उनले सुरुमा संसदीय दलको नेता अशोक राई भएको भन्दै उनलाई सोध्नु पर्ने बताए । राईले भने पार्टीले आफ्नो धारणा सार्वजनिक गरिसकेको र सरकारलाई पनि भनिसकेको भन्दै ओलीसँग संयुक्त विज्ञप्ति जारी गर्न रोकेको स्रोतले जनाएको छ ।

फोरम लोकतान्त्रिकका अध्यक्ष गत्छदारले पनि संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?