३१ बैशाख, काठमाडौं । काभ्रेको भकुण्डेबसीमा गोली लागेर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
नमोबुद्ध नगरपालिका ४ भकुण्डेबेसीमा शनिबार राति करिव साढे ९ बजे गोली चलेको थियो । घटनामा मेथिनकोटका २८ वषर्ीय नवराज पाठकलाई गोली लागेको थियो ।
दाहिने छातीमा एक गोली लागेका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको काभ्रेका डीएसपी नविनराज राईले अनलाइनखबरलाई जानकारी दिए ।
घटनाको अनुसन्धान भइरहेको छ । स्थानीयबासीले सशस्त्र प्रहरीले नै गोली चलाएको आरोप लगाएका छन् ।
तर, सशस्त्र प्रहरीले भने मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4