+
+

सल्यानको ढोरचौर गाउँपालिकामा एमाले विजयीः गोलाप्रथाबाट वडाध्यक्ष चुनिए

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २ गते १५:४४

२ जेठ, सल्यान । सल्यानको ढोरचौर गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ ।

निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार नरवीर चलाउनेलाई ३ सय ८७ मतले पराजित गर्दै एमालेका चित्रबहादुर चलाउने गाउँपालिकाको अध्यक्ष बनेका हुन् । उनले १ हजार ९ सय २५ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका नरविर चलाउनेले १ हजार ५ सय ३८ मत प्राप्त गरेका थिए ।

यस्तै, उपाध्यक्षमा एमालेकै पुष्पा बोहराले माओवादी केन्द्रकी भूमि बुढाथोकीलाई पराजित गर्दै उपाध्यक्षमा जितेकी छन् । उनले १ हजार ९ सय ४६ मत प्राप्त गरिन् भने प्रतिद्वन्द्वी  बुढाथोकीले १ हजार ५ सय ९९ मत प्राप्त गरिन् । ५ वटा वडा रहेको ढोरचौर गाउँपालिकामा वडा नम्वर १ र २ माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका थिए ।

ढोरचौर गाउँपालिका ४ को वडा अध्यक्ष भने बराबर मत भएपछि गोलाप्रथाबाट चयन गरिएको छ । नेपाली कांग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले बराबर मत ३ सय २१ प्राप्त गरेपछि गोलाप्रथाबाट कांग्रेसका दिनेश विएमलाई विजयी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?