+
+

भक्तपुरमा सुनिल प्रजापतिलाई १३ हजार मतअन्तरको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ५ गते ८:५५

५ जेठ, भक्तपुर । भक्तपुरको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापतिले झण्डै १३ हजार बढी मत अन्तरले अग्रता लिएका छन् ।

पहिलो चरणको स्थानीय तह निर्वाचनको मतअन्तर यो नै सबैभन्दा बढी हो ।

भक्तपुर नगरपालिका प्रमुखका उम्मेदवार प्रजापतिले १८ हजार ८० मत पाएका छन् । नेपाली कांग्रेसका रामप्रसाद बासुलाले ५ हजार ४ सय ८६ मतसहित प्रजापतिलाई पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार विष्णु सुवालको ३ हजार १५ मत छ ।

यसैगरी उपप्रमुखमा नेपाल मजदुर किसान पार्टीकी रजनी जोशी १८ हजार २ सय ३९ मतसहित अग्रस्थानमा छिन् । कांग्रेसकी गंगालक्ष्मी अवालले ५ हजार २९५ र एमालेकी कृष्णमाया बोयजुले ३ हजार ३०५ मत पाएकी छन् ।

भक्तपुरका कुल १० वडामध्ये ८ वटा वडाको मत गणना भइसकेको छ । भक्तपुरका कुल १० वडामध्ये ८ वटा वडाको मत गणना भइसकेको छ । अब ९ र १० वडाको ८ हजार ४ सय मत गणना गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?