
५ जेठ, लमजुङ । लमजुङको क्लो सोथार गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ ।
गाउँपालिका प्रमुखमा एमालेका प्रेमबहादुर घले ३ हजार १ सय ४४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रघुनाथ गुरुङ ले १ हजार ९ सय मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा पनि एमालेकै कुमारी गुरुङ विजयी भइन् । उनले ३ हजार ३ सय ११ मत प्राप्त गरेकी छिन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मनकुमारी गुरुङले १ हजार ७ सय ४७ मत प्राप्त गरिन् ।
अध्यक्षमा निर्वाचित घले पर्यटकीय स्थल घलेगाउँ गाविसका पूर्व अध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4