+
+

काठमाडौं महानगरमा रञ्जुले कटाइन् १० हजार मत

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ७ गते १६:५२

७ जेठ, काठमाडौं । विवेकशील नेपाली दलको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले १० हजार मत पार गरेकी छन् ।

राष्ट्रिय सभागृहमा भइरहेको काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो अपडेटअनुसार रञ्जुले १० हजार १४७ मत ल्याएकी छन् । र उनी एमाले र कांग्रेसका उम्मेदवार पछि तेस्रो स्थानमा यथावत छन् ।

३२ वडा रहेको काठमडौंको ५ वडाको मतगणना सकिएको छ भने १३ वडाको गणना भइरहेको छ । अहिलेसम्म काठमाडौंको ७७ हजार ६३२ मतको गणना भएको छ ।

काठमाडौं महानगरमा २५ हजार १५२ मतसहित एमाले उम्मेदवार बिद्यासुन्दर शाक्यले अग्रता लिइरहेका छन् भने कांग्रेसमा उम्मेदवार राजुराज जोशी १७७१० मतसहित शाक्यलाई पछ्याइरहेका छन् ।

त्यस्तै साझा पार्टीका उम्मेदवार किशोर थापाले ७६७१ र नेकपा माओवादी केन्द्रका सर्बोत्तममान डंगोलले २८८० मत ल्याएका छन् । तेस्रो ठूलो दल माओवादी भन्दा २१ बर्षीय उम्मेदवार रञ्जुको मत झण्डै ८ हजारले बढी छ ।

महानगरको उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गी २३१७२ मतसहित अग्रस्थानमा छिन् । उनलाई राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठले १३ हजार ९१८ मतसहित पछ्याइरहेका छन् । काठमाडौं महानगरमा एमाले र राप्रपाबीच तालमेल छ ।

त्यस्तै साझा पार्टीकी उम्मेदवार निरुपमा यादवले ४९०७ र नेकपा माओवादी केन्द्रको तर्फबाट सुशीला पौडेलले ४१९४ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?