+
+

स्कुल बसको ठक्करले छात्राको मृत्यु

रासस रासस
२०७४ जेठ ८ गते ११:५०

८ जेठ, पर्सा । वीरगन्जको महावीरस्थान चोकमा अाइतबार बिहान स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु भएको छ ।

कादम्बरी एकेडमी विद्यालयको ना२ख ८९३ नंको बसले ठक्कर दिँदा वीरगन्जको महावीरस्थान चोक निवासी राम अग्रवालकी १४ वर्षीया छोरी दिया अग्रवालको घटनास्थलमै मृत्यु भएको हो ।

दिल्ली पब्लिक स्कुल, वीरगन्जको कक्षा ९ मा अध्ययन गर्ने दिया विद्यालयको बस समात्नका लागि सडक पार गर्दा कदम्बरी एकेडमीको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

सवारी दुर्घटनाको विरोधमा मृतकका अफन्त तथा स्थानीयवासीले बसलाई घटनास्थलमा रोकी सडक अवरुद्ध गरेको प्रवक्ता जोशीले बताए ।

मदिरा सेवन गरेको र ६५ वर्षभन्दा बढी उमेर भएका व्यक्तिलाई बस चलाउन लगाई विद्यालयले बच्चाको ज्यान जोखिममा पारेको आरोप लगाउँदै विद्यालय व्यवस्थापनसमेत माथि कारबाही गर्न माग गर्दै पीडित पक्षले सडक अवरुद्ध गरेको नायब उपरीक्षक जोशीले जानकारी दिए ।

घटनाको विरोधमा अहिले वीरगन्जको आदर्शनगर बजारसमेत बन्द गरिएको छ ।

बसमा बन्धक बनाई राखिएका चालकलाई छुटाउने प्रयासमा लागिएको जिप्रका, पर्साले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन स्थानीय भद्रभलाद्मीहरुसँग छलफल चलिरहेको र चाँडै समस्या समाधान भई सडक सञ्चालन हुने नायब उपरीक्षक जोशीले बताए ।

शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?