+
+

सरकार र राजपाका शीर्ष नेताहरुको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १ गते १२:११

१ असार, काठमाडौं । सत्तारुढ कांग्रेस माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुको वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भइरहेको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि छन् । माओवादीबाट अध्यक्ष प्रचण्डका साथै नारायणकाजी श्रेष्ठ प्रकाश र मातृका यादव छन् भने गृहमन्त्री जनार्दन शर्मा पनि बैठककमा सहभागी छन् ।

राष्ट्रिय जनता पार्टीबाट महन्थ ठाकुर, महेन्द्र यादव र शरदसिंह भण्डारी सहभागी छन् भने संघीय लिम्बुवान पार्टीका कुमार लिंङ्ग्देन पनि बैठकमा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?