+
+

प्रहरीका ७० एसपीको सरुवा (सूचिसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १७ गते २०:२६

१७ साउन, काठमाडौं । नेपाल प्रहरीले ७० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार एसपीहरुको सरुवा गरेको हो ।

केन्द्रीय अनुसन्धान व्यूरोका एसपी मीरा चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषा सरुवा गरिएको छ भने अपराध महाशाखामा रहेका प्रकाशजंग कार्कीलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रद्युम्न कुमार कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा गरिएको छ ।

यस्तै पछिल्लो समय सप्तरीको मलेठ घटनापछि विवादित बनेका प्रहरी प्रमुख एसपी दिवेश लोहनीको महानगरीय प्रहरी कार्यालय इन्टेलिजेन्स महाशाखा रानीपोखरीमा सरुवा भएको छ ।

हेर्नुस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?