+
+

आमिरकी श्रीमती बन्दै प्रियंका

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १९ गते १०:४७


हलिउडमा समेत प्रभाव जमाउन सफल बलिउड नायिका प्रियंका चोपडा अब आमिरको खानकी श्रीमतिको भुमिकामा देखिने भएकी छिन् । आमिर खानले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘स्यालुट’ मा प्रियंकाले मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन् । उक्त चलचित्रमा आमिर एस्ट्रानट राकेश शर्माको भुमिकामा देखिनेछन् भने प्रि यंका उनको श्रीमतिको रुपमा देखिने भएकी छिन् । यो चलचित्रको निर्देशन महेश मथाइले गर्ने भएका छन् ।

केही दिनअघि मात्रै प्रियंका बलिउड आएकी थिइन् । सञ्जयलीला भन्साली निर्देशित चलचित्र ‘गुस्ताखियाँ’को सन्दर्भमा निर्देशक भन्सालीसँग कुरा गर्न उनी भारत आएकी थिइन् । अमृता प्रीतमको जीन्दगीमा आधारित उक्त चलचित्रमा प्रियंकाले अमृताको भुमिका निर्वाह गर्ने भएकी छिन् भने नायक को हुने अझै फाइनल भएको छैन ।

साहरुख खान, अभिषेक बच्चन वा इरफान खान मध्ये एकजना हुन सक्ने खबर भारतीय सञ्चारमाध्यमले प्रकाशन गरेका छन् । त्यसो त प्रियंकाले दुई हलिउड चलचित्र ‘अ किड लाइक अ ज्याक’ र ‘इज इट रोमान्टिक’मा पनि अभिनय गर्न बाँकी नै छ । आमिर खान अहिले चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को छायांकनमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?