+
+

चन्द्रपुरमा तालमेल नगर्न कांग्रेस नेताको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २० गते १२:१५

२० भदौ, रौतहट । पार्टी नेतृत्वले सत्तारुढ माओवादी केन्द्रबीच प्रदेश २ को आसन्न चुनावमा तालमेलको प्रयास भइरहेका बेला कांग्रेस नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।

रौतहटको चन्द्रपुरमा त कांग्रेस नेताहरुले चुनावी तालमेल गरिए चुनाव बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

कांग्रेस नेतृत्वले एमालेको प्रभाव भएको भनिएको राजमार्ग क्षेत्रका विभिन्न स्थानीय तहमा माओवादी केन्द्रसँग चुनावी तालमेलको प्रयास गरिरहेको छ ।

तर, रौतहट क्षेत्र नम्बर ६ का सचिव बच्चुसाह कानुसहित ७ नेताले मंगलवार विज्ञप्ति जारी गरी चुनावी तालमेल नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

विज्ञप्तिमा चन्द्रपुर नगरपालिकाको मेयर, उपमेयरसहित वडाध्यक्ष तथा सदस्य पदमा अन्य पार्टीसँग तालमेल गर्ने निर्णय भएमा निर्वाचनमा भाग नलिने चेतावनी दिइएको छ ।

यसअघि कांग्रेसको बर्दिबास नगर कमिटीले पनि माओवादीसँग तालमेल गरिए अस्वीकार गर्ने विज्ञप्तिमार्फत चेतावनी दिएको थियो । बर्दिबासमा पनि कांग्रेस-माओवादी तालमेलको प्रयास भइरहेको छ ।

हेर्नुहोस् तालमेलको विरोध गर्दै जारी गरिएको विज्ञप्ति 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?