+
+

‘नेपाल आइडल’मा आज भोटिङ नहुने

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २२ गते १०:५६

जिल्ला अदालतले गत बिहीबारको भोट गणना नगर्न आदेश दिएपछि ‘नेपाल आइडल’ मा आज भोटिङ नहुने भएको छ ।

नेपाल आइडलको प्रसारक संस्था एपी वान टेलिभिजनका प्रवन्ध निर्देशक लक्ष्मी पौडेलले गत हप्ताको भोटिङकै आधारमा आज एकजना प्रतिस्पर्धी बाहिरिने बताए ।

‘अस्तीको भोटिङकै आधारमा एलिमिनेसन हुन्छ ।’ उनले भने–अस्ती कसको भोट कति आयो भन्ने कुरा हामी शुक्रबार अदालतलार्इ वुझाउँछौ ।’

सम्मानित अदातलको आदेशलार्इ सम्मान गर्ने भन्दै ‘नेपाल आइडल’को आयोजकले आज भोटिङ खुल्ला नहुने बताएको हो । गत हप्ता ४ जना प्रतिस्पर्धीमध्ये कसैलार्इ पनि आउट नगरेपछि जिल्ला अदालतमा ‘नेपाल आइडल’ शो विरुद्ध मुद्दा परेको थियो ।

वुधबार अदालतले यो साताको भोटिङ काउन्ट नगर्न आदेश दिएको थियो । ‘एपी वान टेलिभिजन’बाट प्रशारण भैरहेको ‘नेपाल आइडल’को अन्तिम ४ मा निशान भट्टरार्इ, प्रताप दास, वुद्ध लामा र सागर आलेमगर पुगेका छन् ।

आज गत हप्ताकै भोटिङको आधारमा एक जना शोबाट बाहिरिनेछन् भने अन्तिम ३ मा पुगेका प्रतिस्पर्धीहरुले ‘नेपाल आइडल’को उपाधि जितका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?