+
+

जुवाको खालबाट प्रहरी जवानसहित ३० जना पक्राउ, १० लाख बरामद

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ कात्तिक ७ गते १०:३५

७ कात्तिक, रुपन्देही । तिहारको अवधिमा रुपन्देहीको बुटवल क्षेत्रबाट प्रहरीले १० लाख नगदसहित ३० जना जुवाडेलाई नियन्त्रणमा लिइ कारबाही प्रकृया अगाडि बढाएको छ । पक्राउ पर्नेमा एकजना प्रहरी जवानसमेत छन् ।

कात्तिक ४ गते बिहान दुई बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ स्थित मणिग्रामका मनिष अधिकारीको घरमा जुवा खेलिरहेका २६ जनाबाट नगद ९ लाख ४६ हजार १ सय ९५ रुपैयाँ र कात्तिक ६ गते बुटवल उपमहानगरपालिका ११ देवीनगरस्थित नारायण भुसालको घरबाट ५१ हजार ७ सय ७५ रुपैयाँसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

देवीनगरस्थित भुसालको घरबाट प्रहरी जवान गोपीकृष्ण नेपाल पनि जुवा खेल्दै गर्दा पक्राउ परेका छन् । २६ वर्षीय नेपाल पाल्पाको साविक चिदिपानी गाबिस ८ घर भई हाल वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत छन् ।

उनीसँगै बुटवल उपमहानगरपालिका ११ बस्ने ४० वर्षीय गोबिन्द ज्ञवाली, सोहि स्थानका ४५ वर्षीय रमण मल्ल, ३० वर्षीय श्रीराम थापा पक्राउ परेका छन् । उनीहरुलाई जुवा ऐन २०२० अन्तर्गतको कसुरमा जिल्ला अदालत रुपन्देहीबाट म्यादथप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवनकुमार भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?