+
+

मोरङका कांग्रेस सभापतिलाई निर्वाचन कार्यालयको चेतावनी

ध्रुब भट्टराई ध्रुब भट्टराई
२०७४ कात्तिक १४ गते १२:५९

१४ कात्तिक, विराटनगर । निर्वाचन आचारसंहिता विपरित कार्य गरेको भन्दै नेपाली कांग्रेस मोरङका सभापति डिकवहादुर लिम्वुलाई निर्वाचन आयोगले सचेत गराएको छ ।

पूर्व सभासद् समेत रहेका लिम्वुले सोमबार मोरङको १ नम्वर निर्वाचन क्षेत्र अन्तर्गत पर्ने मिक्लाजुङ गाउँपालिका १ टाँडीका स्थानीयलाई सोलर प्यानल वितरण गरेका थिए ।

निर्वाचन आचारसंहिता विपरित सोलार प्यानल वितरण गरेको भन्दै क्षेत्रीय निर्वाचन कार्यालयमा सभापति लिम्वु विरुद्ध उजुरी परेपछि लिम्वुलाई सचेत गराइएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद संजेलले वताए ।

निर्वाचन कार्यालयले आइन्दा यस्तो कार्य नदोहोर्‍याउन समेत लिम्बुलाई चेतावनी दिएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयले नेपाली कांग्रेस मोरङलाई उजुरीको विषयमा समेत पार्टीको आधिकारिक जवाफ यथाशिघ्र पठाउन समेत भनेको छ ।

पूर्व सभासद लिम्वु मंसिरमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन क्षेत्र नम्वर १ मा पर्ने सोही क्षेत्रवाट चुनाव लड्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?