+
+

लत्ताकपडा चोरी पैठारीमा संलग्न चारजना थुनामा

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १७ गते १३:१४


१७ कात्तिक, सिराहा । सिरहाको माडर खैरटोकास्थित सिरहा भन्सार कार्यालयले माग गरेको नगद धरौटी दाखिला गर्न नसकेपछि चोरी पैठारीमा स‌ंलग्न चार जना मानिसहरुलाई थुनामा राख्न कारागार कार्यालय सिरहा पठाएको छ ।

भन्सार कार्यालयका कर्मचारीहरुको गस्ती टोलीले चोरी पैठारीमा संलग्न चार जनासहित भन्सार छलेर ल्याएको २४ लाख रुपैयाँ मूल्य बराबरको लत्ता कपडाका सामानहरु बरामद गरेको थियो।

सिरहा नगरपालिकाको सिरहा बजारदेखि दक्षिण पूर्वी कुनामा पर्ने छोटकी टोलबाट भन्सार छलेर नेपाल भित्र्याइएको २२ लाख रुपैयाँको लत्ताकपडासहित पिकअप भ्यान  गत असोज ३१ गते पक्राउ गरिएको थियो। भन्सार गस्ती टोलीले अवैध रुपले लत्ताकपडा नेपाल भित्र्याउने कार्यमा संलग्न रामपुकार साह र गहेन्द्र साहलाई समेत नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी असोज ३० गते सोमबार दिउसो करीब ४ बजेको समयमा भन्सार कार्यालयका कर्मचारीहरुको गस्ती टोलीले सिरहा जिल्ला लहान नगरपालिका भोटियाटोल नजिकबाट अन्य दुई जना मानिस सहित करिब दुई लाख रुपैयाँ मूल्य बराबरको कपडासमेत पक्राउ गरेको थियो।

पछिल्लिो समयमा राज्यले निर्धारण गरेको राजश्व असुलीमा पचास प्रतिशतसम्म गिराबट आएपछि चोरी पैठारी ∕ निकासी नियन्त्रण गर्न नियमित गस्ती टोली परिचालन गरिएको छ।

नेपाल भारत खुल्ला सीमाका कारण पछिल्लो केही समयदेखि भारततर्फबाट भन्सार छलेर व्यापक रुपमा चोरी पैठारी भइरहेको राजस्व असुलीले पनि पुष्टी गरेको छ। चोरी पैठारी बढेपछि पछिल्लो साउनदेखि नै राजश्व असुलीमा ५० प्रतिशतले गिरावट आएपछि लक्ष्य अनुसारको राजश्व असुली गर्न सकिएको छैन ।

सीमित जनशक्तिको कारण आवश्यकताअनुसार गस्ती परिचालन गर्न नसकिने, यकिन सुचनाको कमी तथा तस्कर संजाल र तिनीहरुबाट मोटरसाईकल र मोबाईलको ब्यापक प्रयोगले गर्दा चोरी पैठारी ∕ निकासी नियन्त्रण गर्न कठिनाई परेकोले दैनिक रुपमा लाखौं मूल्य बराबरको सामानहरु भन्सार छलेर भित्रिरहेको हुन सक्ने सम्भाबना रहेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको साउन ५६, भदौ ६२ र असोजमा ४० प्रतिशत मात्र राजश्व असुली गर्न सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?