+
+

गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २१ गते १८:३४

२१ कात्तिक, भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका-५ चुनदेवीमा गुडिरहेको सार्वजनिक बसबाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका सहचालक २० वर्षीय अनिल गिरी छन् ।

मंगलबार बिहान काठमाडौंबाट सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा २ ख ४०९८ नम्बरको बसबाट खस्दा गिरी गम्भीर घाइते भएका थिए ।

उनको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा दिउँसो मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?