२५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले पर्यटनमन्त्री जितेन्द्रनारायण देवसहित तीन जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
सप्तरीस्थित सार्वजनिक विद्यालय परिसरमा आयोजना गरिएको काँग्रेसको चुनावी सभामा सहभागी भएको भन्दै आयोगले मन्त्री देवलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत किन कारवाही नगर्ने भनेर स्पष्टीकरण माग गरेको छ ।
यस्तै कांगेस रप्तरीका सभापति एवं क्षेत्र नम्बर ३ का उम्मेदवार दिनेशकुमार यादव र जनता मा.विका प्रधानाध्यापक सूर्यनारायण यादवलाई पनि २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4