+
+

प्रतिस्पर्धीका आफन्तलाई पार्टी प्रवेश गराउँदै उपेन्द्रले थाले चुनाव अभियान

एस.के. शान एस.के. शान
२०७४ कात्तिक २६ गते १९:४०

२६ कात्तिक, सप्तरी । सप्तरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिष्पर्धीको आफन्तलाई पार्टी प्रवेश गराउँदै चुनावी अभियान थालेका छन् ।

उनले बाम गठबन्धनका उम्मेदवार उमेश यादवको गाउँ लालापट्टी पुगेर उनका काका नारायण यादव, दामोदर यादव, देवराम यादव र मालिक यादव, भाईहरु कृष्णा यादव, मिथिलेश यादव लगायतलाई पार्टी प्रवेश गराउँदै चुनावी अभियान थालेका हुन् ।

गत २३ फागुन २०७३ मा प्रहरीको गोली लागि ५ जनाको ज्यान गएको सप्तरीको मलेठबाट चुनावी प्रचार–प्रसारको शुरुवात् प्रतिद्वन्द्वीको आफन्तसँगै अन्य गाउँलेलाई समेत पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश गरेकाहरु यसअघि नेकपा माओवादी केन्द्रका स्थानीय नेता थिए ।

बाम गठबन्धनका उम्मेदवार उमेश दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीको प्रतिनिधित्व गर्दै तत्कालिन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट सिञ्चाई मन्त्री समेत बनेका थिए ।

प्रचार सुरु गर्दै उपेन्द्रले सुनाए गीत

बाम गठबन्धनका उम्मेदवार एक सातादेखि नै प्रचारप्रसारमा जुटेको भए पनि उपेन्द्र यादवले भने आइतबारदेखि मात्रै चुनावी प्रचार सुरु गरेका छन् ।

उनले मलेठमा शहीदहरुको तस्वीरमा माल्र्यापण समेत गरे ।

शहीदहरुको तस्वीरमा माल्र्यापण गरेर यादवले जम्मा भएका भिडलाई एउटा भावनात्मक गीत सुनाए ।

‘ए मेरे वतनके लोगो जरा आँखमे भर लो पानी….’

‘ए मधेशके लागो जरा आँखमे भर लो पानी जो शहीद हुएँ हैं उनको जरा याद करो कुर्वानी…’

यो गीत बजिसकेपछि यादवले शहीदहरुको सपना अब चाँडै पूरा हुने बताए । उनले विगतमा यत्रो योगदान दिएका मधेशीलाई अब मधेशका लागि तथा शहीदहरुको सपना पूरा गर्नका लागि मधेशी गठबन्धनलाई जिताउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?