भनिन्छ, ‘काठमाडौंवासीका लागि पर्याप्त अक्जिन छैन ।’ केही समयअघि गरिएको अध्ययन अनुसार काठमाडौंको वायुमण्डलमा सिसाको मात्रा अधिक छ । प्रदूषित वायुकै कारण अहिले राजधानीवासीमा नाक, कान, घाटीको समस्या चर्को हुँदै गएको छ ।
केही समयअघि मात्र भारतको नयाँ दिल्लीमा वायु प्रदूषणले सामान्य जनजीवन नै प्रभावित तुल्यायो ।
साइनसको जोखिम
हालै गरिएको एउटा अनुसन्धानले बायू प्रदुषणको दुष्प्रभावबारे नयाँ तथ्य पत्ता लगाएको छ । सो अनुसन्धानका अनुसार उच्च वायू प्रदुषण भएका क्षेत्रहरुमा बस्ने मानिसहरुले ‘साइनस’ सँग जोडिएको गम्भीर समस्या भोग्नुपर्ने हुनसक्छ ।
साइनस भनेको मानव खोपडीमा हुने हवा भरिएको टोड्को हो जसले शिरलाई हल्कापन दिन्छ र श्वासप्रश्वासका दौरान हावालाई भित्र ल्याउन सहयोग गर्छ । प्रदुषणका कणहरु साइनसमा नै फिल्टर हुन्छन् । श्वास फेर्दा भित्र आउने हावा साइनस भएर फोक्सोसम्म पुग्छ । साइनसले हावासँग आएका धुलो तथा अन्य प्रकारका फोहोरहरुलाई रोकेर बाहिरतर्फ फ्याकिदिन्छ ।
वैज्ञानिकहरुका अनुसार लामो समयसम्म प्रदूषित वायूमा श्वास फेर्दा प्रदूषणको कणले साइनसलाई भरिदिन्छ । यसले टाउको दुख्ने, सर्दी, तथा श्वासप्रश्वास सम्वन्धि समस्याहरु उत्पन्न हुन्छन् । समयमा उपचार भएन भने अपरेसन गर्नुपर्ने पनि हुन सक्छ ।
साइनसको मार्ग अवरुद्ध हुँदा साइनोसाइटिस नामक रोग लाग्न सक्छ । आमरुपमा मानिसहरु साइनोसाइटिसप्रति त्यति गम्भीर हुँदैनन् । तर, यसबाट ब्रोन्काइटिस तथा दम पनि हुन सक्छ ।
रुघा-खोकीबाट सुरु हुन्छ बिमारी
अधिकांस साइनस संक्रमण रुघाबाट सुरु हुन्छ । रुघा भाइरसले गर्दा हुन्छ जसमा सामान्य रुपबाट साइनस टिस्यू सुन्निन सक्छ । सुन्निने कारण हावाका ठाउँमा साइनसमा पिप जम्छ जसले साइनस बन्द हुन्छ ।
साइनस संक्रमणमा सेवन गरिने एन्टिबायोटिक औषधिले केवल ब्याक्टेरिया मार्नलाई सहयोग गर्छ । यसको लक्षण एक वा दुई हप्तामा आफैं सुधार हुन्छ । यस समस्याका लागि रुघा-खोकीको औषधिले मद्दत गर्न सक्छ तर यी औषधिहरुमा निर्भरताबाट बच्नका लागि यसको प्रयोग चार वा पाँच दिनभन्दा बढि गर्नु हुँदैन ।
महानगरमा प्रदुषण ठूलो कारण
साइनसको बिमारी महानगरहरुमा हुने प्रमुख बिमारीमध्ये एक हो । यसको मुख्य कारण हो शहरमा बढ्दो प्रदूषण । हावामा एलर्जी तथा प्रदूषक-जस्तै धूलो, वायू प्रदूषण र कडा गन्ध जस्तै परफ्यूम, खोकी, नाकमा जलनले साइनसको जोखिम बढाइदिन्छ । साइनसको जोखिम कम गर्न सम्भव भएसम्म यी समस्याहरुबाट जोगिनु पर्छ ।
प्रतिक्रिया 4