+
+

मतदातालाई देउवाको प्रश्नः डरत्रासयुक्त कि मुक्त शासन रोज्ने ?

सन्तोष कोट्टारी सन्तोष कोट्टारी
२०७४ मंसिर १ गते १९:५५

१ मंसिर, दार्चुला । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा जनतासामू डरत्रासमुक्त वा डरत्रासयुक्त शासन रोज्ने विकल्प रहेको बताएका छन् ।

शुक्रबार दार्चुला सदरमुकाम खलगांमा आयोजित चुनावी सभामा देउवाले कम्युनिष्टहरुले जिते डरत्रासको सासन हुने बताए । कम्युनिष्टहरुले एक दलीय साम्यवाद स्थापना गर्न खोजेको तथा कांग्रेसले जनतालाई मालिक बनाउन चाहेको भन्दै उनले अब जनताले दुई मध्ये एकलाई रोज्नु पर्ने बताए ।

‘डरत्रासमुक्त समाज, जहाँ मान्छे मान्छेसँग डराउनु पर्दैन, पार्टीसँग डराउनु पर्दैन । यस्तो समाज बनाउने कि ? डरत्रासयुक्त समाज बनाउने, जहाँ अन्याय भयो समेत भन्न पाइँदैन’ देउवाले भने भने, ‘यो देश कता जाने भन्ने छान्नु पर्नेछ ।’

उनले सुदूरपश्चिममा कांग्रेसलाई जिताए आफू फेरि पनि प्रधानमन्त्री बन्ने दाबी गरे । अघि भने, ‘म आफ्नो  घरको मान्छे हुँ । यसो गर शेरबहादुर, उसो गर भन्न पाउनुहुन्छ । तर, तपाईले प्रचण्ड/केपी ओलीलाई भन्न सक्नुहुन्छ ?’

देउवाले दार्चुलामा नेपाल-भारत जोड्ने मोटरेवल पुल निर्माण गर्ने चुनावी आश्वासन दिएका छन् । निर्वाचनलगत्तै अपी हिमाल, मार्मा, व्याँस र दुहूँ गाउँपालिकालाई पीछडिएको क्षेत्रमा सूचीकृत गर्ने आश्वासन पनि देउवाले दिएका छन् ।

कांग्रेस उम्मेदवारहरुलाई भोट माग्दै उनले जिल्लाको विकासका लागि कांग्रेसले जित्नु आवश्यक रहेको बताए ।

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले मंसिर १० गते ठूलो मिसायल प्रहार गरेर वाम गठनबन्धनलाई ध्वस्त पार्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?