+
+

निर्वाचनलाई लक्षित गरी नेपाल र भारतको सीमा क्षेत्रमा सुरक्षा गस्ती

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १० गते १४:२३
फाइल फोटो

१० मंसिर, बिराटनगर । दोस्रो चरण अन्र्तगत मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाल भारतका सुरक्षाकर्मीहरुले आइतबारदेखि मोरङको दुवै देशको सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती सुरु गरेका छन् ।

निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा भारतीय सुरक्षा बल (एसएसबी) ले संयुक्त रुपमा सुरक्षा गस्ती सुरु गरेको हो ।

सुनसरीको धरानमा केही दिन अघि दुई देशका सुरक्षा प्रमुखहरुको बैठकले गरेको निर्णय अनुसार सीमा क्षेत्रमा संयुक्त रुपमा सुरक्षा गस्ती गर्न शुरु गरिएको सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीका शसस्त्र प्रहरी उपरीक्षक भेषबहादुर साहले जानकारी दिए ।

सुरक्षा गस्ती सुरु भएसँगै विभिन्न नाकाहरुमा चेकजाँचलाई कडा बनाउनुका साथै उच्च सर्तकता अपनाउन थालिएको छ । सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिहरुमाथि प्रहरीले निगरानी बढाउन थालेको छ ।

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न दुवै देशको सुरक्षा प्रमुखहरुको सहमतिमा सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको हो ।

दुवै देशका सुरक्षाकर्मीहरुले दशगजा क्षेत्रमा २४ घण्टा गस्ती गर्ने सुरक्षा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?