+
+

बम पड्काउनेलाई कारबाही गर्न नसक्नेले कुर्सीमा बस्न सुहाउँदैनः झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १८ गते १४:०३

१८ मंसिर, इलाम । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचन विरोधीले बम पड्काइरहे पनि सरकराले कारबाही गर्न नसकेको भन्दै आक्रोश पोखेका छन् ।

खनालले बम पड्काउनेलाई पहिचान गरेर कारबाही गर्न नसक्ने नेपाली कांग्रेसको सरकार निकम्बा भएको बताए ।

इलामको फिक्कल बजारमा मंगलबार आयोजित मैजारो चुनावी सभालाई संम्बोधन गर्दै खनालले भने, ‘बम पड्काउनेहरुलाई कारबाही गर्न पनि नसक्ने निकम्बा सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा कुर्सीमा बस्न सुहाउँदैन ।’

खनालले भने, ‘बम पड्काएर तर्साउन खोजिएको होला, यस्ता घटनाले मेरो रौं समेत हल्लिदैँन ।’ दुलामा बसेर बम पड्काउँदैमा क्रान्ति नहुने भन्दै उनले दुलाभित्र बसेर यस्तो हर्कत नर्गन पनि आग्रह गरे ।

खनालले कांग्रेस लामो समयसम्म सत्तामा बसेको तर, मुलुकको विकासका लागि खासै काम गर्न नसकेको बताए ।

उनले अब बाम गठबन्धनको सरकारले मुलुकलाई समृद्ध बनाउने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?