+
+

चिनियाँ सीमा रसुवागढीलाई अन्तर्राष्ट्रिय नाका बनाउने ओलीको घोषणा

काठमाडौंदेखि चिनियाँ नाकासम्म चार लेनको सडक बनाइने

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ४ गते १५:४४

४ पुस, रसुवा । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीनसँगको रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने र काठमाडौंबाट रसुवागढीसम्म ४ लेनको सडक निर्माण गरिने बताएका छन् ।

रसुवागढी नाकाको स्थलगत निरीक्षणपछि ओलीले सो नाकालाई व्यवस्थित बनाउन अब आउने सरकारले ध्यान दिने बताए । ओलीले काठमाडौंबाट रसुवागढीसम्मको हालको २ लेनको सडक कालोपत्रे गर्ने र खोलापारीबाट ४ लेनको सडक निर्माण थाल्ने बताए ।

मंगलबार हेलिकोप्टरमा रसुवा पुगेका ओलीले रसुवागढीमा स्थानीय जनतालाई सम्बोधन गर्दै उनीहरुका माग तथा गुनासो सुनेका थिए । स्थानीयले सडक कालोपत्रे, भन्सारको व्यवस्थापन र चिनियाँ पक्षबाट आइपरेका झण्झटका बारेमा ओलीको ध्यानाकर्षण गराएका थिए ।

पार्टी महासचिव ईश्वर पोखरेलसहितका नेताहरुसँगै लाङटाङ पुगेका ओली हेलिकोप्टरबाटै रसुवागढी निरीक्षणमा गएका हुन् । ओलीले लाङटाङमा भूकम्पपछि बन्द भएको स्कूल र स्वास्थ्यचौकी तत्काल सुचारु गराउने आश्वासनसमेत स्थानीयलाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?