+
+

रिया सेनको कुकुर अपहरण भएपछि….

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ९ गते १८:४०

हामीकहाँ मान्छे हराएको थाहा-पत्तो हुन छाडेको छ । बि-टाउनमा भने कुकुर हराएको कुराले पनि ठूलै कभरेज पाउँछ ।

हुन त कुकुर पनि रिया सेनको पर्‍यो । आफ्नी जमनाकी हट अभिनेत्री रियाको घरमा कुकुर थियो, जसरी अरु बलिउड सेलिब्रेटीकहाँ हुन्छ । रियाको कतिपय तस्वीरमा उनी कुकुरसँग खेलिरहेका देखिन्छन् । त्यही कुकुरमध्येको एक कुकुर हरायो । हरायो होइन, अपहरण गरियो ।

रियाको घरेलु कामदारले कुकुरलाई बाहिर खेलाउन लगेका थिए । त्यही बेला एउटा कारमा आएका चार जना व्यक्तिले चक्कु देखाएर कुकुर अपहरण गरे । घरेलु कामदारको ज्यानभन्दा बढी महत्व दिइयो कुकुरलाई । लुटेराहरुले चक्कु देखाएर मार्ने धम्की दिदै कुकुर लगेको ति कामदारले बताएका छन् । यसको फुटेज सिसिटिभीमा रेकर्ड भएको छ ।

रिया सेनका पतिले कुकुर फिर्ता ल्याउनका लागि भारु पचास हजारको पुरस्कार तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?