११ पुस, चितवन । वीरगञ्जमा कार्यरत भारतीय महावाणिज्यदूत बीसी प्रधानले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर चुनवा जितेकोमा बधार्इ दिएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड चितवनमा रहेको मौका पारेर अाइतबार साँझ महावाणिज्यदूत प्रधानले भरतपुरकी मेयर रेणु दाहालको निवासमा पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।
प्रचण्डको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार चितवनबाट निर्वाचन जितेका प्रचण्डलाई बधार्इ ज्ञापन गर्न उनी मेयर निवासमा पुगेका थिए ।
प्रचण्डको पारिवारिक स्रोतले अनलाइनखबरसँग भन्यो– ‘प्रचण्डलाई बधार्इ दिन समय मागेपछि हामीले समय प्रदान गरेका हौं, एकैछिन भेटेर उनी फर्किएका हुन् ।’
स्रोतका अनुसार भेटमा महावाणिज्यदूत प्रधानले नयाँ सरकारसँग मिलेर काम गर्न भारत ईच्छुक रहेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4