१६ माघ, गुल्मी । गुल्मीमा एक युवा मृत फेला परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ खालीखोला भन्ने स्थानमा २२ वर्षका सन्तोष सिंजालीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।
सिंजालीको शव घोरेटो बाटोबाट तल फेला परेका थिए । छत्रकोट गाउँपालिका वडा नम्बर ६ घर भएका सिंजाली चार दिनअघि दिदीको घर जान हिँडेका थिए ।
उनी छारे रोगको बिरामी रहेको परिवारले जनाएको छ । बाटोमा हिँडने क्रममा लडेर ज्यान गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4