+
+

पुल्चोकमा पूर्वगृहमन्त्रीको गाडी पल्टियो

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २० गते ९:४९
फाइल तस्वीर

२० माघ, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी ललितपुरको पुल्चोकमा दुर्घटना भएको छ । तर त्यो गाडीमा शर्मा भने थिएनन् । शर्माको छोरा प्रकाश शर्मा र चालक गाडीमा सवार थिए ।

‘आज बिहान तरकारी किन्न भनेर जावलाखेलस्थित निवासबाट निस्किएको गाडी दुर्घटना भएको हो,’ प्रहरी स्रोतले भन्यो ।

शुक्रबार बा १५ च १४९३ नम्बरको स्यान्ट्रो कार पुल्चोक पुल नजिकै पल्टिएको हो । गाडीमा सवार दुबै जना सकुशल रहे पनि गाडीमा सामान्य क्षति पुगेको छ । गाडी दुर्घटनाको कारण भने खुलेको छैन ।

पूर्वगृहमन्त्री शर्मासँग दुईवटा गाडी छन् । एउटा गाडीमा जनार्दन आफै चढ्छन् भने खैरो रंगको स्यान्ट्रो गाडी परिवारका अरु सदस्यको लागि प्रयोग हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?