+
+

टेलिकमले ल्यायो बोनस, छुटका योजना र आकर्षक प्याकेज

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २२ गते १६:२१


२२ माघ, काठमाडाैं । नेपाल टेलिकमको चौधौं वार्षिकोत्सवको अवसरमा कम्पनीको विभिन्न सेवामा छुटसिहतका अफर अएको छ । प्याकेज तथा छुटको व्यबस्था सहित विभिन्न योजना अएको हो ।

यसअन्तरगत ADSL सेवाको speed माघ २५ देखि 5 Mbps मा स्तरोन्नति गरिनेछ । Cross-bundling अन्तर्गत माघ २५ देखि तीन महिनाका लागि ADSL सेवामा recharge गर्दा GSM वा CDMA मा डाटा बोनस उपलव्ध गरिने छ ।

हाल CUG सेवा GSM/CDMA Postpaid ग्राहकका लागि उपलव्ध हुँदै आएकोमा Prepaid ग्राहकहरुलाई समेत CUG सेवामा आवद्ध गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका जिएसएम सेवातर्फ माघ २३ देखि फागुन ८ सम्मको लागि Unlimited Night Voice प्याकेज (राति १० देखि बिहान ६ बजे सम्मका लागि) ३ दिनका लागि रु. ३५ मात्रै कायम गरिएको छ ।

Unlimited All Time डाटा प्याकेज (कुनै पनि समयमा प्रयोग गर्न सकिने) २४ घण्टाका लागि रु. ५० कायम भएको छ ।

Unlimited Night डाटा प्याकेज (राति १० देखि बिहान ६ बजे सम्मका लागि) एक रातको रु १५ कायम भएको टेलिकमले जनाएको छ ।

रिचार्ज बोनसतर्फ माघ २३ देखि माघ २९ सम्मको लागि रू ५०, १०० र २०० को रिचार्जमा १०% बोनस तथा ५०० र १००० को रिचार्जमा १५% बोनस दिइनेछ ।

PSTN सेवाग्राहीका लागि २०७४ फागुन महिनामा थप २५ कल बराबरको रकम छुट, माघ २५ देखि बैशाख २५ सम्मको अवधीको लागि छिमेकी राष्‍ट्र भारतमा कल गर्न रु.२/२२ पैसा देखि रु. २/३३ पैसा प्रति मिनेट सम्मका बिभिन्न आकर्षक प्याकेजहरू ल्याइएको छ ।

अन्तर्राष्ट्रिय आगमन कल प्राप्‍त गर्ने कम्पनीका ग्राहकहरूलाई प्रत्येक ७ दिनमा ७ मिनेट भन्दा बढी कल प्राप्त भएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा SMS पठाउन बोनस पनि दिइने टेलिकमले जनाएको छ ।

कम्पनीको FTTH सेवा प्रवर्धन गर्न मिति माघ २५ देखि २०७५को वैशाख २५ सम्म ९० दिन FTTH सेवाका individual तथा corporate ग्राहकहरुलाई विभिन्न आकर्षक package  हरु प्रदान गर्ने पनि घोषणा भएको छ ।

साथै माघ २५ देखि बैशाख २५ सम्मको अवधीको लागि Spring Offer अन्तर्गत बिभिन्न आकर्षक प्याकेजहरु प्रदान गरिने भएको छ ।

यो पनि पढ्नुस्

टेलिकमले पनि सुरु गर्यो ‘ब्यालेन्स सापटी’

मोबाइलमा सबैभन्दा बढी खर्च गर्ने व्यक्ति बने कुलमान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?