+
+

वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र र मौसम विभाग ऊर्जा मन्त्रालय मातहतमा

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १८ गते १४:१५


१८ फागुन काठमाडौं । सरकारले वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र र जल तथा मौसम विज्ञान विभाग जलस्रोत तथा ऊर्जा मन्त्रालयको मातहतमा लगेको छ ।

जलस्रोत र ऊर्जाको प्रकृतिका भइकन पनि दुवै निकाय हालसम्म जनसंख्या तथा वातावरण मन्त्रालयअन्तर्गत थिए । कार्य विभाजन नियमावली संशोधन गरी सरकारले दुवै निकाय ऊर्जा मन्त्रालय मातहतमा लगेको हो । त्यससम्बन्धि सूचना नेपाल राजपत्रमै प्रकाशित भइसकेको छ ।

वैकल्पिक ऊर्जाको गुणस्तर र मापदण्ड तोक्ने जिम्मेवारी सोही मन्त्रालयले पाएको छ । यस्तै, जल तथा मौसम विज्ञानसम्बन्धि नीति र कानून निर्माण तथा मापदण्ड तोक्ने र योजना बनाउने जिम्मा सोही मन्त्रालयलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?