+
+

डडेल्धुराको नवदूर्गा गाउँपालिकाको विकासका लागि २९ बुँदे घोषणापत्र जारी

 आशिष मल्ल आशिष मल्ल
२०७४ फागुन २७ गते ११:२१

 

२७ फागुन, डडेल्धुरा । डडेल्धुराको नवदूर्गा गाउँपालिकाले डाँडावन घोषणा पत्र जारी गरेको छ । शुक्रवार डाँडावनमा सम्पन्न गाउँकार्यपालिकाको बैठकले पाँच वर्षभित्र लागू हुने विभिन्न महत्वपूर्ण योजनाहरु समावेश गरिएका २९ बुँदे घोषणा पत्र जारी गरेको हो ।

उक्त घोषणापत्रमा जलवायु परिवर्तन र पानिका मुलहरु मध्यनजर गर्दै गाउँपालिकाको वनजंगललाइ न्युनतम ४० प्रतिशत बनाउने र हरित सडकका लागि प्रति एक लाखको योजनामा अनिवार्य २ रुख रोप्ने, सडकको दायाँ-बायाँ नयाँ बन्ने घरहरु १० मिटरभन्दा टाढा मात्रै बनाउने, सडकको नामाकरण र कोड निर्धारण गर्ने, फोहरमैला व्यवस्थापनका लागि प्रत्येक सार्वजनिक स्थलमा भाँडोको व्यवस्था र डम्पिङ साइट तोक्ने योजना उल्लेख छन् ।

यस्तै प्रत्येक वडामा इन्टरनेटको सुरुवात गर्ने, न्यायिक समिति, भूमि व्यवस्थापन, आर्थिक प्रशासनलाई पूर्णरुपमा सूचना प्रविधियुक्त बनाउने, मजदुरको ज्याला गाउँपालिका दररेट अनुसार अनिवार्य लागू गर्ने, गाउँपालिकाकोे कार्यालय, वडा कार्यालय, ५ नमूना विद्यालय, स्वास्थ्य चौकीमा ई. हाजिरी र सीसीटीभी जडान गर्ने, माोबाइल एपको निर्माण गर्ने, गाउँपालिकामा निःशुल्क लोकसेवा तयारी र योगा कक्षा सञ्चालन गर्ने, आर्थिक वर्ष २०७५/७६ लाई रोजगारी, गरिवि निवारण र आर्थिक समृद्धिको वर्ष घोषणा गर्ने पनि घोषणा पत्रमा उल्लेख छ ।

यस्तै युवा स्वरोजगार कार्यक्रमलाई आगामि आर्थिक वर्षमा प्रत्येक वडामा लैजाने, भ्यूटावर र स्थानीय गौरवका योजनाहरु छनौट गरी निर्माण सुरु गर्ने, वृद्धाश्रम, अनाथालय संचालनका साथै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि पहल र समन्वय गर्ने लगायतका योजना घोषणा पत्रमा उल्लेख गरिएको छ ।

जारी गरिएको घोषणापत्र पाँच वर्षभित्र लागू हुने गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले बताएका छन् । नवदूर्गालाई समृद्ध गाउँपालिका निर्माण गर्न उक्त घोषणा पत्र जारी गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?