+
+

केन्द्राध्यक्षले गरिन् परीक्षार्थीलाई अबिर र पुष्पगुच्छाले स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ८ गते १२:४३

८ चैत, सुर्खेत । आजबाट सुरु भएको विद्यालय शिक्षा परीक्षा एसईईमा सहभागी परीक्षार्थीहरुलाई पञ्चपुरी नगरपालिका-२ पलैटेको सूर्यप्रकाश उच्च माध्यामिक विद्यालयको केन्द्रमा मुस्कानसहित स्वागत गरिएको छ ।

एसईईको पहिलो दिन परीक्षार्थीहरुलाई केन्द्रको गेटमा पुष्पगुच्छा र अविर लगाएर केन्द्राध्यक्ष अमृता बुढाथोकीले स्वागत गरेकी हुन् ।

परीक्षार्थीहरुको मनोबल बढाउन र ढुक्कसाथ जानेको कुरा लेख्ने वातावरण बनाउनका लागि आफूहरुले पहिलो दिन मुस्कानसहित फूल, अविरसहित स्वागत गरेको केन्द्राध्यक्ष बुढाथोकीको भनाइ छ ।

यो परीक्षा केन्द्रमा पहिलो दिन २११ जना छात्रछात्राले अंग्रेजी विषयको परीक्षा दिएका छन् । चार जना भने अनुपस्थित भएको केन्द्राध्यक्ष बुढाथोकीले जानकारी दिइन् ।

अघिल्लो वर्षको परीक्षामा पलैटे केन्द्रमा महिला कर्मचारीहरुले मात्रै परीक्षा सञ्चालन गरेर चर्चामा आएको थियो ।

जिल्लामा यो वर्र्ष तीन जना महिला केन्द्राध्यक्ष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?