+
+

झापामा शौचालयमा झुण्डिएर कैदीद्वारा आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ८ गते १७:४२

८ चैत, काठमाडौं । झापा कारागारमा कैद भुक्तान गरिरहेका भारत नक्सालबाडीका ३३ वर्षीय रविन्द्र मेचेले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता जितेन्द्र बस्नेतले उनले आत्महत्या गरेको पुष्टि गरेका छन् ।

बुधबार साँझ ५ः३० बजे शौचालयको भेन्टिलेशनमा झुण्डिएको अवस्थामा फेला पारेको कारागारका सुरक्षा इञ्चार्ज भरत केसीले जानकारी दिए ।

भेन्टिलेशनको रडमा सनपाटको डोरीले बाँधेर झुण्डिएको अवस्थामा फेला पारिएको केसीले बताए । कैदीको गणना गर्दा एक जना अपुग भएपछि खोजी गरिएको थियो ।

उनको शवलाई पोष्टमार्टम गरी परिवारलाई जानकारी गराइदिएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

जिल्ला अदालत झापाले लागुऔषध मुद्दामा पूर्पक्षका लागि कारागार चलान गरेको थियो । ०७३ चैत ४ गतेबाट उनले सजाय भुक्तान गरिरहेका थिए ।

प्रहरीका अनुसार केही हप्ताअघि १५ वर्षीया छोरीले परिवारको सहमति विना विवाह गरेकाले उनले तनाव लिँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?