 
																			२१ चैत, काठमाडौं । कारागार चलान भएका कैदीबन्दी छुटाइदिन्छु भन्दै करिब १० लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको सिध्दलेक गाउँपालिका–७ घर भइ काठमाडौं कलंकी बस्दै आएका ३७ वर्षीय शिशिरकुमार भट्ट छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार माइतीघर मण्डलाबाट पक्राउ गरेको हो ।
उनले वैदेशिक रोगजारीको कसुरमा डिल्लीबजार कारागार चलान भएका एक कैदीबन्दीलाई छुटाइदिन्छु भन्दै ९ लाख ८० हजार रुपैयाँ लिएर ठगी गरको आरोप छ ।
पक्राउ परेका भट्टराई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4